ghar

बल्ल बने भूकम्पले भत्काएका चार लाख घर

काठमाडौं, २६ जेठ। महाभूकम्प २०७२ मा क्षति भएका मध्ये झन्डै ४ लाख निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ ।

gharराष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म ३ लाख ९७ हजार १ सय २ वटा निजी आवासको पुनर्निर्माण सम्पन्न भएको जनाएको छ । पुनर्निर्माण सम्पन्न भएका घरमा भूकम्पपीडितले बसोबाससमेत सुरु गरेका छन् ।

प्राधिकरणका अनुसार ६ लाख २७ हजार ६ सय ६९ घर बन्ने क्रममा छन् । सरकारले निजी आवास अनुदान वितरणअन्तर्गत ९ लाख ९६ हजार ५ सय ८२ घरधुरीको सर्वेक्षण गरेको थियो राजधानाीमा खबर छ।

त्यसमा अतिप्रभावित १४ जिल्लाका ८ लाख २३ हजार ४ सय ६० छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ७३ हजार १ सय २२ घरधुरी छन् ।लाभग्राही सूचीमा अति प्रभावित १४ जिल्लाका ७ लाख २५ हजार २ सय ९ रहेका छन् भने कम प्रभावित १८ जिल्लाका १ लाख ४ सय ६७ रहेका छन् ।

About indreni Newsdesk