train

डेढ दशकअघिको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण

काठमाडौँ, २६ जेठ । डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ ।

trainउद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकपछि सो सम्झौता नवीकरण भएको हो ।

यस अघि सन् २००४ पहिलो पटक नेपाल भारतबीच सो समझौता भएको थियो । अब पाँच वर्षका लागि सो सम्झौता नवीकरण भएको हो गोरखापत्रमा खबर छ। उक्त बैठक जेठ २३ र २४ गते बसको थियो ।

About indreni Newsdesk