ranjit budha

लिटिल च्याम्पको उपाधि बालकलाकार पिञ्जुलाई

कलाकारितामा विशेष रुची भएकी प्रतिभाशाली बालकलाकार पिन्जु मिस्टर एण्ड मिस लिटिल च्याम्पको फाइनल राउण्डमा सर्वोत्कृष्ट भएकी छन् ।

प्रशुन संगीत विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा उपाधीका लागि २५ जनाले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको प्रमुख निर्णायकमा अभिनेत्री कल्पना श्रेष्ठ हुुनुहुन्थ्यो । बालअधिकारबारे सोधिएको प्रश्नमा सही र सटिक जवाफ दिएर पिन्जु विजेता बनेकी हुन् ।

लिटिल मिस च्याम्पको उपाधी सहित उनले वेष्ट क्याटवाक अवार्ड पनि जितेकी थिइन् । जनवादी गायिका प्रगति महरा र जनकलाकार रंजीत बुढा मगरकी छोरी हुन् ।

नौ वर्षीया पिन्जु भानुभक्त मेमोरियल पानीपोखरी, काठमाण्डौंमा कक्षा ४ मा अध्ययनरत छिन् । पढाइमा पनि उत्तिकै अब्बल पिन्जुको नृत्य र अभिनयमा विशेष दख्खल छ । सिस्ने अनलाइनबाट 

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com