Yarsagumba

यार्सा टिप्न गएका थप एक जनाको मृत्यु

जाजरककोट, २४ जेठ । डोल्पाको पाटनमा यार्सागुम्बा सङ्कलनका लागि पुगेका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो ।

Yarsagumbaडोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए ।

About indreni Newsdesk