gokulprasad_baskota

जनचासोका विषयमा कलम चलाउन पत्रकारलाई आग्रह

तुलसीपुर, २४ जेठ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताएका छन् ।

gokulprasad_baskotaराष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका समस्या बाहिर ल्याउनुपर्नेमा जोड दिए ।

उनले राष्ट्रिय समाचार समिति र गोरखापत्रमा दिइने सामाचार विश्वसनीय र फरक कोणका हुनुपर्ने बताउँदै भने, “राससमा आउने समाचार अन्य सञ्चारमाध्यमभन्दा फरक हुनुपर्छ, खोजीमूलक समाचारमा तपाइँहरुले जोड दिनुहोस् ।” रासस

About indreni Newsdesk