yauna-pakrau

सामाजिक वातावरणमा खलल पुर्याउने १६ जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २४ जेठ । दाङमा सामाजिक वातावरणमा अनैतिक कार्य गरेर समाजिक वातावरणमा खलल पु¥याएको आरोपमा १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

yauna-pakrauघोराही १५ मा रहेको गुमान होटल र पञ्चकन्या होटल र वडा नं. १४ मा रहेको स्टार होटलबाट १४ महिला र ४ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु दाङ जिल्ला वाहिर घर भएका र ती होटलहरुमा जम्मा भएर सार्वजनिक नैतिकता विरुद्धको कार्य गरेकाले प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुसँगै होटल सञ्चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

About indreni Newsdesk