kesharman-bc

प्रिय रुन्टिगडी !

केएम निष्ठुरी

ए प्रिय रुन्टिगडी !

मलाई अझैं
झस्काइ रहन्छ तिम्रो यादले ।
जहाँ
तिम्रो तस्वीर
हृदयमा अमिट छाप बनेर बसेकोछ ।
तिम्रो शिरबाटै देखिने
सेताम्य हिराको शिरवन्दीले
म लठ्ठिएको याद अझैं ताजै छ ।
तिम्रो !
बक्षस्थल ढपक्क ढाकेको
गुराँसको त कुरै नगरौं ।
त्यो सुन्दरता !
त्यो कोमलता !
त्यो सुशीलता !
20190321_095924

अनि
तिम्रो पाउका घाँगर
जहाँ पदचाप चलाउँदा
मेरो मुटुनै हल्किएको त्यो याद अझैं ताजै छ ।
तिम्रो त्यो
सुन्दरताले स्वर्गलाई नै गिज्याइरहेको छ ।
अप्सरा त झन
फिका फिका लाग्छन होला
तिम्रो त्यो अस्वाभाविक सुन्दरता संग ।
अब त झन
लाग्न थाल्यो
म बिना तिम्रो सुन्दरता
कतै ओइलाउन पो थाल्यो कि ?
म बिना सुन्दर पंछी
कतै तिम्रो गुंड छोड्न पो थाल्यो कि ?
जरुर !
20190321_092840जरुर रुन्टिगडी
म चाँडै आउदैछु
तिम्रो अंगालोमा बेरिन ।
जहाँबाट मेरो श्वास
होस दिगदिगान्तर
अझै
पर्ख है केहिबेर ।

About Kesharman Bc