chhau

छाउपडी प्रथाविरुद्धको अभियान अझै ३०० छाउगोठ

बाजुरा, ११ जेठ। बाजुरामा छाउपडी प्रथाविरुद्धको अभियानलाई सशक्त पारिएपनि अझै छाउगोठहरु कायमै छन् ।

chhauत्यहाँका सबै स्थानीय तहमा ३ सय भन्दा बढी छाउगोठ अझै कायमै छन् । त्यस मध्ये २ सय भन्दा बढी छाउगोठ भत्काइएको छ । तर पनि छाउपडी प्रचलन भने पूर्ण रुपमा हट्न सकेको छैन ।

महिनावारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन् पाप लाग्छ भन्नेजस्ता परम्परागत रुढीवादी र अन्धविश्वासबाट महिला पीडित हुने गरेका छन् ।

साविकको डोगडी गाविस हाल खप्तड छेडेदह गाउँपालिका–५ का महिला महिनावारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्छन् ।

About indreni Newsdesk