smoking

सूर्तिजन्य पदार्थ सेवनबाट वार्षिक २५ हजारले ज्यान गुमाउछन्

काठमाडौ, ११ जेठ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्यान्सर रोग लगायत नसर्ने रोग रोकथामको लागि सुर्तिजन्य पदार्थ रोक लगाउनुपर्ने बताएका छन् ।

smokingसुर्तिजन्य पदार्थबाटै नेपालमा वर्षेनी २५ हजार व्यक्तिको मृत्यु भइरहेको भन्दै उहाँले नसर्ने रोग रोकथाममा जोड दिनुपर्ने बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘ सूर्तिजन्य पदार्थ नियन्त्रण र यसको सेवनले क्यान्सर तथा मुटुरोग उपचारमा लागत खर्च’ सम्बन्धि अनुसन्धानात्मक प्रस्तुतीकरण कार्यक्रममा सभापति घर्तीले सुर्तीजन्य पदार्थ सम्बन्धि कानुन कार्यान्वयनमा जटिलता रहेको भन्दै सबै पक्षको सहकार्य गरेर कानुनलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

सुर्ती सेवनलाई रोक्न ७५३ वटै स्थानीय निकाय लाग्नुपर्ने भन्दै उनले सुर्ती नियन्त्रण गर्न स्वास्थ्य, शिक्षा समितिले विशेष भूमीका निर्वाह गर्ने बताए । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा। सुरेन्द्र कुमार यादवले नेपालको सूर्तिजन्य पदार्थ सम्बन्धि ऐन अन्य देशको तुलनामा उत्कृष्ट रहेको बताए । गोरखापत्रबाट

About indreni Newsdesk