atmahatya

पाँचथर नरसंहार : चार दिन अघि नुनमा सिसा मिसाएर हत्या प्रयास

पाँचथर र पाँचथरमा २ परिवारको ९ जनाको हत्या भएको छ । घटना स्थल सदरमुकाम फिदिमबाट– ६२ किलोमिटरको दुरीमा पर्छ । घाइते बालिकालाई उपचारका लागि दमक लगिएको प्रहरीले जनाएको छ । संघीय र प्रदेशबाट अनुसन्धान टोली आइरहेकाले पाँचथरका प्रहरी निरिक्षक अनिल कुमार पौडेलले बताउनु भयो ।

बमबहादर र धनराजको घर करिव ३० मिनेको पैदल दुरीमा पर्छ । घटनामा भागेर बाँच्न सफल बालिकाका अनुसार एकै जनाले हत्या गरेको बताएको त्यहाँ स्थित इलाका प्रहरी चौकी रवीका इन्सपेक्टर तेजनारायण यादवले बताउनु भएको छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् । यादवका अनुसार घाइते बालिकाले मखुन्डो लगाएका एकजनाले खकुरीले हानेको बताएकी हुन् । राति करिब १० बजेको समयमा हत्या भएपनि गाउँलेले भने बिहान मात्र थाहा पाएका थिए । घाइते बालिका बमबहादुरको घरमा ९मामाघर० बसेर पढिरहेको बताइएको छ ।

शिशा काण्ड
हत्या भएकी जस्मिता फियाकको घरमा आइतबार तालिममा सहभागीहरुले खाजा खाँदा शिशा भेटिएको थियो । मिलन केन्द्र पाँचथरको आयोजनामा तीन महिने ढाका बुनाई तालिमका सहभागीले आइतबार विहान थुक्पा खाँदा विरामी परेका थिए । खाजा खाँदा नुनमा सिसाको धुलो जस्तो देखिने बस्तु भेटिएको उहाँको भनाई छ । खाजा खाँदा स्थानीय १७ वर्षीय रेनुका दास, १९ वर्षीया विष्णु विक, १० वर्षकी मुना शेर्मा, २६ वर्षिय मनुमारी फियाक, १९ वर्षकी सोना लिम्बू, २२ वर्षकी लक्ष्मी लिम्बू र १८ वर्षकी मनिसा नेपाली बिरामी परेका थिए ।

About Kesharman Bc