acid-attacks

फेरि युवतीमाथि एसिड प्रहार

काठमाडौं, २ जेठ । काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ ।  बुधबार साँझ करिब साढे सात बजे एसिड प्रहार हुँदा २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन् ।

acid-attacksएसिड प्रहार गरेको आरोपमा काभ्रेका ३८ वर्षीय विष्णु भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रमुख डिएसपी रविन्द्रनाथ पौडेलले बताए । युवतीको किर्तीपुर हस्पिटल (नेपाल क्लेफ्ट एण्ड वर्न सेन्टर) मा उपचार भइरहेको छ ।

युवतीको अनुहार, दुबै हात र छातीमा क्षति पुगेको प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । बोगटीका अनुसार उनीहरू श्रीमान श्रीमती हुन् ।

पुरूषले केही वर्ष अघि भगाएर ल्याएको र एक वर्ष देखी उनीहरूको सम्बन्ध राम्रो नभएकाले युवती छुट्टै बस्दै आएकी थिइन् नयाँ पत्रिकामा खबर छ। कालोपुलमा बस्दै आएकी युवतीलाई बाहिर बोलाएर साँझ एसिड प्रहार गरेको बोगटीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk