parcand

पार्टी एकताको फलामे ढोका खुलिसक्यो : प्रचण्ड

काठमाडौँ, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता टुङ्गिइसकेको बताएका छन् ।

parcandयुवा सङ्घ नेपालको २९औँ वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “एकता टुङ्गिन्छ, एकता टुङिगसक्यो भने पनि हुन्छ किनभने फलामे ढोका खुलिसकेको छ, अरु त सर्दै जान्छ”, उनले भने ।

तर यो धेरै हल्ला भएको दिन टुङ्गिन्छ कि एक दुई दिन अघिपछि हुन्छ म अहिले भन्न सक्दैन भन्दै उनले एक वर्षअघि हल्ला नै नभएको दिन पार्टी एकताको घोषणा गरिएको स्मरण समेत गरे । एक वर्षअघि जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भएको थियो ।

About indreni Newsdesk