e909ac69f44316508b7a45ec04960b40.0

काठमाडौमा एक युवतीमाथी एसिड प्रहार

काठमाडौंको कालोपुलमा एकजना युवतीमाथि एसिड प्रहार भएको छ ।

२० वर्षीय ती युवतीमाथि बुधबार साँझअपरिचित व्यक्तिले एसिड प्रहार गरेर फरार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए।

बाेगटीका अनुसार एसिडले युवतीको शरीरका विभिन्न भाग जलेको छ। घाइते युवतीको चाबहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको
छ ।

प्रहरीका अनुसार एसिड हान्ने व्यक्तिको पहिचान हुन सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको बाेगटीले बताए ।

About Kesharman Bc