mama

जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकालिएका आमा छोरा……

काठमाडौं, १ जेठ । जनप्रतिनिधिकै अगुवाइमा गाउँनिकालामा परेको बारा सुवर्ण गाउँपालिका–६ धरमपुरका ओमप्रकाश यादव (अवधेश) को परिवारले १० जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा किटानी जाहेरी दिएको छ ।

mamaपति अनुठा यादवको दाहसंस्कार र काजकिरिया हिन्दूधर्मअनुसार नगरेको आरोपमा गाउँनिकाला भएको नौ दिनपछि मंगलबार बिन्दा अहिरिनले उजुरी दिएकी हुन् ।

गाउँनिकालाको नेतृत्व गर्ने वडासदस्य जिमिलाल यादव र पूर्वगाविस उपाध्यक्ष विद्यानन्दप्रसाद यादवसहित पूर्ववडा सदस्यहरू हृदयनारायण राउत अहिर र रामधार राउत अहिरविरुद्ध किटानी जाहेरी परेको छ ।

यस्तै, मोछीप्रसाद यादव, गणेशप्रसाद यादव, वैजनाथ गिरी र देवेन्द्र यादवविरुद्ध पनि किटानी जाहेरी परेको बाराका सहायक प्रमुख जिल्ला अधिकारी मुरारी कार्कीले बताए । उनीहरू स्थानीय अगुवा हुन् । उजुरी परेका श्रीनिवासप्रसाद बरई नेपाल सरकारका पूर्वकर्मचारी हुन् भने भरोसी राउत अहिर जातीय महाजन (जातको अगुवा) हुन् ।

धरमपुरका भेटेरिनरी सञ्चालक अहेव मिश्रीलाल बरईको भने उजुरीमा नाम छुटेको पीडित ओमप्रकाशले बताए । गाउँनिकाला गर्नेलाई कारबाही र आफ्नो परिवारलाई शान्ति–सुरक्षासहित गाउँ फर्किने वातावरण बनाइदिन पीडितले माग गरेको निमित्त प्रजिअ कार्कीले बताए ।

जिल्ला प्रशासन कार्यालय पुगेर उजुरी दिए पनि पीडित आमाछोरा बिन्दा र ओमप्रकाश आफ्नो घर जान सकेनन् । २२ वैशाखमा घर छाडेको नौजनाको परिवार हेटौँडामा बस्दै आएको छ नयाँ पत्रिकामा समाचार छ।

About indreni Newsdesk