lod

एक करोड ४० लाख विद्युत वक्यौता

दाङ, ३१ बैशाख । नेपाल विद्युत प्राधिकरण लमही उपवितरण १ करोड ४० लाख बढी विद्युत वक्यौता देखिएको छ । ग्राहकहरुले विद्युत प्रयोग गरेवाफल न्यूनतम ३ महिनादेखि २२ महिनासम्मको विद्युत महसुल उठ्ना बाँकी छ ।

lodउक्त वितरण केन्द्रबाट वितरण हुने करीव एक हजार २ सय ४३ सेवा ग्राहीहरुबाट १ करोड ४० लाख ९५ हजार १ सय ८५ रुपैयाँ उठ्ना बाँकी रहेको उपवितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको ६ लाख १९ हजार ५ सय ४ रुपैयाँ रहेको छ ।

त्यसैगरी राप्ती उद्यम प्रालिको ३ लाख १५ हजार, प्राथमिक स्वास्थ्य केन्द्र लमहीको १ लाख ७५ हजार ७ सय २४, मनकामना एग्रिगेट बालुवा उद्योगको १ लाख ४ हजार, चिरण राइस मिल (पाण्डे राइस आयल मिल) को ४ लाख ७८ हजार ७ सय ४६, खानेपानी योजनाको १ लाख ६७ हजार, खड्का समिलको १ लाख ६७ हजार १ सय ५०, लमही नगर विकास समितिको ५१ हजार महसुल वक्यौता छ ।

त्यस्तै बगिया खानेपानी भैसहवाको १ लाख ९७ हजार, छम्पाली आयल मिलको १ लाख ९ हजार, दाङ भ्याली ह्युमपाइप सुन्डबरीको ६४ हजार, नर्ती रेञ्जपोष्टको ५३ हजार, भन्सार कार्यालयको ५७ हजार, हमाल राइस तथा आयल मिलका ६३ हजार, शिवशक्ति कृषक सहकारी संस्थाको १ लाख १२ हजार, गोराराम बोहोराले ३ लाख ६४ हजार विद्युत महसुल बुझाउन बाँकी रहेको देखिन्छ ।

मिटर जाँच भएको ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने प्रावधान भएपनि उपवितरण केन्द्र लमहीले २२ महिनासम्म पनि महसुल नबुझाएका ग्राहकको लाइन काट्न भने सकेको छैन ।

About indreni Newsdesk