road

विकास निर्माणमा निगरानी आवश्यक

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ हेमन्तपुरका शिव थापाले उपभोक्ता समितिले लागत वजेट भन्दा धेरैमा योजना सम्पन्न गर्ने गरेको गुनासो गरे ।

uN5L–/;'jfu9L ;8s lgdf{0f  /fli6«o uf}/jsf] cfof]hgfcGtu{t wflbªsf] uN5L–lqz'nL–d}n'ª–:ofk|m'a];L /;'jfu9L ;8s cfof]hgfsf] lgdf{0f sfo{ g'jfsf]6sf] a'wl;+x3f6df ul/Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

‘एउटै काम ठेकेदारले गर्दा आधा कममा हुन्छ भने उपभोक्ता समितिले कसरी दुइ गुणा वढि लगाउछ ?’ उनले प्रश्न गरेका थिए । यस्तै खालको गुनासो थियो सोही ठाउँ निवासी चन्द्रलाल खड्काको पनि । उनले उपभोक्ता समितिले गरेका काममा विशेष निगरानी राख्नुपर्ने आवश्यकता रहेको वताए । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ मा आयोजना गरिएको आर्थिक वर्ष २०७५÷७६ को योजना तथा कार्यक्रम वारेको सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्दै विभिन्न व्यक्तिहरुले मन खोलेर गुनासो गरेका थिए । कतिपयले वडाले निकै राम्रो काम गरेको भन्दै थप राम्रो कामका लागि प्रोत्साहन समेत दिएका थिए । विजौरीका विदुर गौतमले फोहोर व्यवस्थापनका लागि वडाले ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

उदाउँदो शहरका रुपमा रहेको विजौरीमा पार्किङ्गको समस्या रहेको भन्दै उनले तत्काल नयाँ ढँगले सोच्नुपर्ने आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा विजुला परियारले महिलाहरुका लागि छुट्याएको वजेट महिलाहरुकै लागि उपयोग गर्नुपर्ने औल्याइन् । अर्की सरिता विकले विभिन्न ठाउँमा वाटो चौडा वनाउँदै लगेपनि पोल व्यवस्थापन हुन नसकेको वताइन् ।

कार्यक्रममा जनताको गुनासो र सुझाव सुनिसकेपछि वडाध्यक्ष माधव वलीले विकासमा आफु प्रतिवद्ध रहेको भन्दै सानो वजेटमा धेरै काम गर्न समय लाग्ने वताए । भौतिक विकासमा धेरै रकम विनियोजन गरेको वताउँदै उनले सामाजिक विकासमा पनि ध्यान दिने वताए । ‘काम गर्दा कहिलेकाही केही समस्या अवश्य पनि आउँछ तर हामीले हरेक कुराको समाधान गर्दै गएका छौ ’ उनले भने । वैज्ञानिक ढँगले वजेट विनियोजनमा ध्यान दिएको वताउँदै अध्यक्ष वलीले समृद्ध वडा वनाउनका लागि सबैले सहयोग गर्नुपर्ने वताए ।

कार्यक्रममा उपमहानगरपालिकाका लेखा अधिकृत वासुदेव अधिकारी, वडा सचिव निर्मल रेग्मी लगायतले विभिन्न प्रशासनिक र आर्थिक सवालहरुको जवाफ दिएका थिए भने कार्यक्रमको सहजिकरण प्रेस संयोजक वसन्त आचार्यले गरेका थिए ।

वाटोको स्पष्ट मापदण्ड भएन
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ९ मा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा वोल्ने वक्ताहरुले बाटोको स्पष्ट मापदण्ड हुनुपर्ने कुरामा जोड दिएका छन् । उनीहरुले सडक निर्माण गर्ने वेला स्पष्ट मापदण्ड निर्धारण नगर्दा सडक सानो ठूलो हुने गरेको गुनासो गरे । कार्यक्रममा वोल्दै नारायणप्रसाद पौडेलले वाटोको मापदण्ड निर्धारण गरेर निर्माण अगाडि वढाउन आग्रह गरे । चुलेसेका संगित वस्यालले सम्पन्न नभएका योजना सम्पन्न गरेको भनेर उल्लेख गरेको प्रति आपत्ति प्रकट गरे ।

सार्वजनिक सुनुवाईमा निश्चित व्यक्तिलाई मात्रै वोलाइएको प्रति उनको गुनासो थियो । नयावस्तीका केशव वलीले वडामा हुने कार्यक्रममा उपस्थितहरुलाई हस्ताक्षर गराएर पैसा नदिएको गुनासो गरे । ‘केही दिन अगाडि एउटा संस्थाले सहभागिलाई हस्ताक्षर गराएर पैसा दिएन, यस्तो अनियमित काम हेर्नु पर्दैन ?’ उनले प्रश्न गरेका थिए ।

तालिमको आयोजना गर्दा वडाका सबैलाई खवर नगरेर निश्चित व्यक्तिलाई मात्रै सहभागि वनाईएको प्रति पनि उनले गुनासो गरे । अर्का सहभागि मुक्ती भट्टराईले योजनामा पैसा कटिने गरेको भन्दै गुनासो गरे ।

About indreni Newsdesk