feature0

हाउस वाइरिङ तालिमको समापन

दाङ, ३० बैशाख । घोराही उपमहानगरपालिका वडा नम्वर ७ को आयोजनामा सञ्चालित हाउस वाइरिङ तालिमको आज समापन गरिएको छ ।

feature0युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले आयोजित तालिमको एक औपचारिक कार्यक्रमका बिच समापन गरिएको हो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले हाउस वाइरिङ तालिमले युवाहरुमा सिपको बिकास संगै आम्दानी गर्ने बाटो देखाएको बताएका थिए ।

स्वदेश वा बिदेश जहा पनि दक्ष सिपको आवश्यक पर्ने भन्दै उनिहरुले यस किसिमको तालिमबाट युवाहरुले धेरै फाइदा लिन सक्ने बताएका छन । तालिम समापन कार्यक्रममा वडा सचिव चन्द्रबहादुर केसी,प्रशिक्षक जुद्धबहादुर चौधरी,सहभागी टोपबहादुर घर्ती,ज्ञानु चौधरी,बिशाल चौधरी,तेज बहादुर रावत, अमृत बि.क.,बिन्जु चौधरी लगायतले आफ्ना विचार राखेका थिए ।

About indreni Newsdesk