hetauda-napai-aaglagi-768x409

आगलागीले दुई घर जलेर नष्ट

खोटाङ, ३० वैशाख । खोटाङमा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । घर जल्दा साढे ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

agalagiआइतबार ऐँसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका सुवास परियार र नरबहादुर परियारको घरमा आगलागी हुँदा सुवासको ६ लाख ८५ हजार र नरबहादुरको रु दुई लाख ६९ हजार बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवकुमार कट्वालले बताए ।

नरबहादुरको घरबाट आगो सल्के पनि त्यसका कारण खुल्न नसकेको र आगलागीमा परी घर तथा घरमा रहेका धनमाल जलेर नष्ट भएकाले दुई दलित परिवारको विचल्ली भएको छ ।

About indreni Newsdesk