IMG_20190512_125522(1)

चितुवाको छालासहित तीन जना पक्राउ

इन्द्रेणी संवाददाता
दाङ, २९ बैशाख । दाङमा चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नं. १ का विष्णु खनाल, सालिकराम भण्डारी र दिपक भण्डारीलाई पक्राउ गरिएको हो ।

IMG_20190512_125522(1)उनीहरुलाई भालुवाङ्मा चेकजाँच गर्दा प्लाष्टिकको वोरामा लुकाइ राखिएको अवस्थामा ध्वाँसे चितुवाको छालासहित प्रदेश नं. ५ को प्रहरीको अनुसन्धान टोलीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भालुवाङमा राखिएको छ ।

About indreni Newsdesk