accdent

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

इन्द्रेणी संवाददाता
दाङ, २९ बैशाख । मोटरसाइकल दुर्घटनामा परी दाङमा एक जनाको ज्यान गएको छ । तुलसीपुरतर्फ जाँदै गरेको रा ३ प ६९२८ नम्बरको मोटरसाइकल एक्कासी अनियन्त्रित भइ पर्सेनी चोकमा वार्डमा ठोकिदा मोटरसाइकल चालक घोराही ११ डाँडागाउँका जुवराम चौधरीको मृत्यु भएको हो ।

accdentदुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा तुलसीपुर १५ का अम्विका चौधरी पनि घाइते भएका छन् । उक्त मोटरसाइकलको पछाडि सवार चौधरीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

About indreni Newsdesk