madira

अबैध मदिरा नष्ट

इन्द्रेणी संवाददाता
दाङ, २९ बैशाख । दाङमा प्रहरीले अबैध मदिरा नष्ट गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ४ को वगाले, वाह्रहागे, सोनपुर र नयाँवस्तीमा स्थानीयले बनाएको मदिरा नष्ट गरेको हो ।

madira वडा अध्यक्ष भिमबहादुर सार्की र त्यहाँस्थित आमा समूहको समन्वयमा प्रहरीले करीव २०० लिटर मदिरा नष्ट गरेको हो । साथै उक्त स्थानबाट करीव २२६० लिटर मदिरा बनाउने कच्चापदार्थ समेत वरामत गेको प्रहरीले जनाएको छ ।

About indreni Newsdesk