upendra-baburam

बाबुराम र यादव बिच पार्टी एकताको सहमति

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको छ।

शनिबार नयाँ शक्तिको कार्यालय बबरमहलमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

एकिकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमती भएको छ । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, शेषणको अन्त्यगर्न पार्टीले भुमिका खेल्न सहमतीमा उल्लेख छ ।

पार्टीको पहिलो बरियतामा बाबुराम भट्टराई र दोस्रोमा उपेन्द्र यादव रहने सहमति भएको स्रोतले बताएको छ । नयाँ पत्रीकामा खबर छ ।

About Kesharman Bc