20190422_161521

भाइ मृत्यु शैयामा छटपटाउदै , दिदी उपचार खर्च जुटाउन सडकमा भौतारिदै

केशरमान बुढाथोकी
दाङ दुखीको घरमा मात्र तेरो बास हुने भए हे इश्वर दया राखी मलाइ अझैं दुख दे नाटककार बालकृष्ण समको मुटुको ब्याथा नाटकका यी कारुणिक श्लोकहरुले ठ्याक्कै मेल खान्छन माण्डवी २ प्युठान निवासी कालीका क्षेत्रीको जीवनमा ।

भगवान हुन्छन भन्ने त सानोमा सुनेको थिए तर बिगत ८ महिना यता मलाइ भगवान प्रति कुनै भरोसा छैन ।

लाग्दैन यो संसारमा भगवान पनि छन् ? यदि भगवान हुदोहुन त किन मलाइ मात्र एक पछी अर्को पीडा दिदाहुन भक्कानिदै बहकिन्छिन उनि । रुँदा रुँदा आँखामा आँसु सुकिसके पीडाले नियमित मुटु पोलिरहन्छ , छाती जब्बर भैसक्यो तर उनको पीडा एक पछी अर्को थपीइरहन्छ ।

FB_IMG_15536799749106872

दुर पहाडको एक निम्न बर्गीय परिवारमा जन्मिएकी कालिकाको प्युठानको पखेरामा एउटा सानो घर छ । आफुले दिनभर रगत पसिना बगाएर साँझ बिहान हात मुख जोर्न धौ धौ भएको परिवारमा परिवार कै भरोसाको केन्द्र बुबा गिरबहादुर क्षेत्रीले दिनरात रक्सी खाएर घरमा आइ आमालाई मरणासन्न गरि कुटेको पल झल्झली दिमागमा आइरहन्छ ।

परिवार कै अभिभावकले नियमित त्यस्तो अन्याए गर्न नछाडेपछी करिव एक बर्ष पहिले उनकी आमा निमा क्षेत्रीले दोश्रो बिबाह गरेर अर्कै संग गइन ।

उनले छाडेर गएको ३ महिना पनि नबित्दै बाबुले पनि दोश्रो बिबाह गरेर इन्डिया तिर भासिए अनि परिवारमा भाइको अभिभावक बनेर बस्नु पर्ने बाध्यता आइलाग्यो कालीकालाई ।

१९ बर्षीय लाउलाउ खाउखाउको उमेरमा रमाउने रहर हुँदा हुँदै उनीलाई परिवारको अभिभावक बन्ने जिम्मेवारी आएपनि उनले हरेस खाइनन ।

तर विधिको बिडम्बना त्यसको ६ महिना पनि नबित्दै उनको भाइ रमेश क्षेत्रीको घांटीमा साना साना गिर्खा आउन थाले ती गिर्खा हरु बिस्तारै बढ्दै गएपछि स्थानीय स्वास्थ्य चौकीमा भाइलाई लगेर गएकी कालीका त्यहाँ रोग पत्ता लाग्न नसकेपछि नेपालगंज सम्म भाइलाई पुर्याइन त्यहाँ बाट पनि चितवन रेफर गरेपछि गाउँघरबात सापटी गरेर चितवन पुगिन कालीका भाइलाई बोकेर अनि त्यहाँ प्राथमिक जांच मै पत्तालाग्यो त्यो घाटीको क्यान्सर हो । अनि उनलाई लाग्यो यो संसार नै भासियो ।

तर हिम्मत हारिनन इन्डिया भासिएका बाबालाई आफन्तको सहाएताले सम्पर्क गरिन बाबुले भने अब क्यान्सर नै लागेको छ भने उ बाँच्दैन उपचार नगर्ने ।

निरास भइन कालीका अनि भाइलाई अस्पतामा भर्ना गरेर घर पुगिन अलि अलि जुटाउदै उपचार सुरु गरिन । आफन्तबाट ऋण गर्दा गर्दा झन्डै १२ लाख खर्च भैसक्यो अझै भाइको उपचार सकिएको छैन ।
अस्पतालले भन्छ पहिलो चरणको क्यान्सर हो । सन्चो हुन्छ अनि अझैं आशा भाइ बाँच्ने झिनो आशामा सबै आफन्तलाइ हारगुहार गरिन ।

अब त भन्ने ठाउँ सकियो अस्पतालले पैंसा माग्न छाडेको छैन अस्पताल लाई तिर्ने खर्च जुटाउन सहयोगी दाताहरु खोज्दै दाङ आइन कालीका मृत्यु शैयामा लडिरहेको भाइलाई अस्पतालकै शैयामा एक्लै छाडेर ।

अहिले उनलाई सहयोगी हातहरुको खाँचो छ आमाबाबु बिहिन जस्तै भएकी कालीकाको अब मात्र आशा छ मेरो एउटा माइती यो भाइलाई बचाउन पाए भविष्यमा सहारा बन्देला ।

तर आकासको फल जस्तै छ उनको कल्पना सहयोगी मनहरुले सहयोग गरे भाइको जीवन बाँच्ने छ नत्र त्यो आशा निरासामा परिणत हुने छ ।

अझैं झिनो आशा मनमा लिएर सहयोगका लागि हात फैलाएकी छिन कालीकाले गला अबरुद्द पर्दै भन्छिन मलाइ आशा छ सहयोगी मनहरुको सहयोगले मेरो भाइ बाँच्नेछ ।

सहयोगी मनहरुले उनका भाइको लागि सहयोग गर्न चाहे कालीका क्षेत्रीको नाममा प्रभु बैंकमा रहेको खाता नम्बर ०१७१०७०१२४२७१८०००००१ मा सहयोग रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुनेछ । दैनिक लुम्बिनीबाट साभार

About Kesharman Bc