FB_IMG_1555679787016

घोराही उपमहानगरको अनुदानमा रहरलाग्दो तरकारी खेती

घोराही । घोराही उपमहानगरपालिकाको कृषि विकास शाखाले अनुदानमा आधारीत कृषि क्षेत्रको अनुगमनलाई जारी राखेको छ । अनुदान र प्राविधिक सहयोगमा किसानहरुले गरेका कृषि र पाएका स्रोत साधनहरुको अनुगमनलाई निरन्तरता दिएको हो ।

नगर प्रमुख नरुलाल चौधरी सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरका महाशाखा, शाखा प्रमुखहरु सहितको टोलीले कृषिको अनुगमन गरेको हो । यसै क्रममा आज वडा नम्बर ३, १७ र १८ मा किसानहरु गरेका तरकारी खेती, माहुरी पालन र विरुवाको नर्सरीको अनुगमन गरेको हो ।

FB_IMG_1555679791563

अनुदान र सहयोगलाई किसानहरुले सदुपयोग गरेको भन्दै नगर प्रमुख चौधरीले कृषिमा थप मेहनत गर्न सुझाब दिनुभयो । कृषिमा लाग्ने किसानहरुलाई नगरले आबस्यक अनुदान र औजारहरु उपलब्ध गराउने भन्दै बृहत खेतीमा लाग्न आग्रह गर्नुभयो ।

किसानहरुले स्थानिय सरकारको सहयोगलाई बढाउन माग गरेका छन् । आबस्यक सिप, ज्ञान, अनुदान, प्राबिधिक ज्ञान र स्रोत साधनको बृद्धी गर्न गर्न किसानहरुले माग गरेका हुन् ।।

About Kesharman Bc

Social Media Auto Publish Powered By : XYZScripts.com