sss

वरिष्ठ पत्रकार श्रेष्ठको निधन

काठमाडौँ, ४ वैशाख । वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको उपचारका क्रममा आज ६० वर्षको उमेरमा निधन भएको छ ।

sssथापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारका क्रममा आज उनको निधन भएको हो । श्रेष्ठको करीब साढे पाँच महिना अघि नाकमा समस्या भएका कारण राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उहाँमा थप समस्या देखिँदै आएको थियो ।

About indreni Newsdesk