nel

एनसेलले आयकर ३९ अर्ब ६ करोड तिर्न बाँकी

काठमाडौं, ४ बैशाख । ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने आयकर निर्धारण गरेको छ । कार्यालयका अनुसार कम्पनीले आयकर, शुल्क, ब्याज, विलम्ब शुल्क गरी कुल ३९ अर्ब ६ करोड रुपैयाँ दाखिला गर्न बाँकी छ ।

nelअहिलेसम्म एनसेलले ठूला करदाता कार्यालयमा पुँजीगत लाभकर २१ अर्ब ५४ करोड ८० लाख र विलम्ब शुल्क दुई अर्ब दुई करोड रुपैयाँ बुझाएको थियो ।

ठूला करदाता कार्यालयले मंगलबार एनसेल प्रालिका नाममा उक्त रकम निर्धारण गर्दै आठ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ नयाँ पत्रिकामा खब छ। टेलिया सोनेरा कम्पनी स्विडेनले मलेसियाको एक्जिएटा बरहादलाई एक खर्ब ४३ अर्ब ६५ करोडमा एनसेल बिक्री गरेको थियो ।

About indreni Newsdesk