56866307_1694341027377526_8296226040896815104_o

मुलपानी वनस्पति उद्यानमा ३ सय ७५ वनस्पती संरक्षित

शंकर के सी
सल्यान, २९ चैत । सल्यान स्थित मुलपानि वनस्पति उद्यानमा ३ सय ७५ प्रकारका वनस्पति संरक्षण गरेर राखिएको छ । राज्यले प्राथमिकताको सूचीमा राखेका तथा आर्थीक रुपमा र औषधिको रुपमा महत्वपूर्ण मानिएका वनस्पतिहरु संरक्षण गरेर राखिएको वनस्पति अनुसन्धान केन्द्र मुलपानी सल्यानले जनाएको छ ।

56866307_1694341027377526_8296226040896815104_oशुक्रबार २० औँ वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा अनुसन्धान केन्द्रका कार्यालय प्रमुख दिनेश बरालले मुलपानी वनस्पति उद्यानभित्र १० वटा उपसंरचनाहरु रहेको जानकारि गराए । २०५६ सालमा स्थापना भएको उद्यान ५.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

वनस्पतिको उपयोग र ब्यापारः समृद्धिको आधार भन्ने नाराको साथ दिवस मनाउन आयोजना गरिएको कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघ कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले मुलपानी स्थीत उद्यान वनस्पति विज्ञान सम्बन्धी अध्ययन गर्ने विद्यार्थी र शोधकर्ताका लागि ज्यादै उपयोगी हुने र यसले सल्यानमा आउने पर्यटकको संख्यामा समेत बृद्धि हुने बताए । आम्दानीको महत्वपूर्ण स्रोत वन र वनस्पतिको संरक्षणका लागि राज्यबाट प्रशस्त पहल हुनुपर्ने धारणा शर्माले राखे ।

कार्यक्रममा शिक्षक महासंघ कपुरकोटका अध्यक्ष श्याम केसी, पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य सन्तोष घर्ती, उद्योग वाणिज्य संघ सल्यानका सदस्य कमल घर्ती, कपुरकोट वहुमुखि क्याम्पसका प्रमुख अनुप शर्मा लगाएतले मन्तव्य राख्दै मानव जीवनका लागी वनस्पतिको महत्व र जडिबुटिको उपयोगीताको बारेमा चर्चा गरेका थिए ।

पछिल्लो समय मुलपानी वनस्पति उद्यानमा आन्तरिक तथा वाह्य पर्यटकहरु बढ्दै गइरहेका छन् । साथै यो उद्यान अनुुसन्धानकर्ताहरूको लागि अनुुसन्धान केन्द्र, विद्यार्थीहरूको लागि शैक्षिक केन्द्रको रुपमा रहेको छ । वनस्पति उद्यानको प्रमुख उद्देश्य वनस्पतिको संरक्षण तथा अध्ययन अनुसन्धान गर्नु रहेको अनुसन्धान केन्द्रका हेड फिल्ड असिस्टेन्ट कृष्ण पुनले जानकारि गराए । यहाँ आउनेहरु प्राकृतिक सौन्द्रर्यता देखेर मख्ख पर्नेगर्दछन् ।

About indreni Newsdesk