baluwa

बालुवाको ढिस्कोले पुरिएर एक जना गम्भीर घाइते

इन्द्रेणी संवाददाता
दाङ, २९ चैत । दाङमा बालुवाको ढिस्कोले पुरिएर एक जना घाइते भएका छन् ।

baluwaआज विहान साढे ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका ११ बबई खोलाको किनारमा रा १ त ३६३५ नं. को ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा तुलसीपुर ९ बेलुवा बस्ने बर्ष १४ को निरज परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालुवाको ढिस्को खसी पुरिएर गम्भीर घाइते भएका उनका राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार पछि थप उपचारका कोहलपुर पठाइएको छ ।

About indreni Newsdesk