56819162_847925918887713_1326072183432151040_n

स्वस्थ जीवन र सामाजिक सद्भावका लागि खेलकुद

सल्यान । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष भिमबहादुर सेनले स्वस्थ जीवन र सामाजिक सद्भावका लागी खेलकुदको आवश्यकता रहेको बताएका छन् ।

56819162_847925918887713_1326072183432151040_nबुधबारदेखि कपुरकोट गाउँपालिका ४ धनवाङ सल्यानमा शुरु भएको खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै उनले राम्रा खेलाडी उत्पादनमा सबैको ध्यान जान जरुरी रहेको बताए । कपुरकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका सेनले उत्कृष्ट खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागी आफ्नो गाउँपालिकाले अध्यक्ष कप खेलकुद कार्यक्रम राखेको बताए ।

About indreni Newsdesk