supreme-court

प्रशासनिक परिपत्र तत्काल यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २६ चैत । सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिनेगरी सरकारले हालै गरेको प्रशासनिक परिपत्र तत्काल यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

supreme-courtन्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले परिपत्र वैशाख ३ गतेसम्म कार्यान्वयन नगर्न सरकारका नाममा आदेश जारी गरेको हो । वैशाख ३ मा दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश भएको छ ।

प्रतिनिधिसभामा नागरिकता विधेयक विचाराधीन रहेको अवस्थामा प्रशासनिक परिपत्रबाट नागरिकता वितरण गर्न लागिएको भन्दै उक्त निर्णय रोक्न वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा आइतबार रिट दायर गरेका थिए आजको गारेखापत्रमा खबर छ ।

About indreni Newsdesk