raprpa

राप्रपाले हिन्दु राष्ट्रको माग गर्दै गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं, २५ चैत। राप्रपा नेपालले हिन्दु राष्ट्रको माग गर्दै गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेको हो । सो क्रममा प्रहरीले अध्यक्ष कमल थापासहितका नेतालाई नियन्त्रण लिएको छ।

raprpaप्रहरीले अध्यक्ष थापा सहित नेता बुद्धिमान तामाङ, दिपक बोहोरा लगायतलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले केहिबेर नियन्त्रणमा लिएर राप्रपा नेताहरुलाई छोडेको छ । झण्पमा राप्रपा कार्यकर्ता समेत घाइते भएका छन् ।

About indreni Newsdesk