sarsafai,

रीमका आठ टोल पूर्णसरसफाई उन्मुख

सल्यान, २५ चैत । सल्यानको कपुरकोट गाउँपालिका ५ रीम स्थीत छाप टोललाइ पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । यस संगै साविकको रीम गाविसका ८ वटा टोल पूर्ण सरसफाइ उन्मुख टोलको रुपमा घोषणा भएका छन् ।

sarsafai,सोमबार कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तिला बुढा मगरले टोलका ४२ घरधुरीलाइ नियमित सरसफाइ गर्ने सपथ खुवाउदै घोषणा गरेकि हुन् ।

कार्यक्रमको प्रमुख अतीथी समेत रहेकी उनले विकासको मुल आधार नै पूर्ण सरसफाई रहेको बताइन् । गाउँपालिकालाइ नै पूर्ण सरसफाइयुक्त बनाउनका लागी सबैको साथ आवश्यक रहेकोमा उपाध्यक्ष बुढा मगरले जोड दिइन् ।

नियमित रुपमा चर्पीको प्रयोग, साबुन पानीको प्रयोगले हातधुने निश्चित ठाउँको किटान, सुद्ध पिउने पानीको प्रयोग गर्ने बानीको विकास, सफा घर आँगन र घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गर्ने बानीको विकास लगायतका सुचकलाई पहिलो चरणमा केन्द्रित गरेर टोल पूर्णसरसफाई उन्मुख घोषणा गरिएको सुआहाराका सुपरभाइजर झिम बहादुर नेपालिले जानकारि दिए ।

स्वच्छता समिती छापटोलका उपसंयोजक प्रेम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष यम कुमार बस्नेत, नेपाल रेडक्रस रीम सिनवाङका सभापती भद्रसिंह बुढाले सरसफाइको महत्वको चर्चा गर्दै सरसफाइले धेरै रोगबाट बच्न सकिने बताएका थिए ।

About indreni Newsdesk