atmahatya

नौ महिनामा ४४ जनाले गरे आत्मदाहा

राजविराज, २५ चैत । सप्तरीमा नौ महिना अवधिमा ४४ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म सप्तरीमा महिला २३ र पुरुष २१ गरी कुल ४४ जनाले आत्महत्या गरेका हुन् ।

atmahatyaपछिल्लो फागुन र चैत महिनामा मात्र झुण्डिएर र विष सेवनगरी १५ जनाले ज्यान गुमाएका छन । तीमध्ये ११ पुरुष र चार महिलाले ज्यान गुमाएको तथ्याकंमा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आत्महत्याका अधिकांश घटना प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानमा खुलेको छ । गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्या गरेको अनुसन्धानमा पाइएको छ ।

About indreni Newsdesk