upendra yadav

पहिले खटाएका ठाउँमा जानुस् अनि मात्रै समस्याको सुनुवाइ : स्वास्थ्य मन्त्री

काठमाडौँ, २५ चैत । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गरेका छन् ।

upendra yadavसमायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उनले भने, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ”

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक गरेका विभिन्न प्रतिवेदन आज यहाँ सार्वजानिकपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री यादवले गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार पूरा गर्न मन्त्रालय प्रतिबद्ध व्यक्त गरे ।

प्रदेश र स्थानीय तहमा समायोजन भएपछि सङ्घमा आउन ढोका बन्द हुने र सरकारी चिकित्सक सङ्घ (गोदान) सित स्वास्थ्य मन्त्रालयले गरेका सहमति विपरीत समायोजन भएको भन्दै सरकारी चिकित्सक सङ्घमा आवद्ध चिकित्सकले सरकारी अस्पतालमा आकस्मिक बाहेकका आफ्नो सेवा तीन दिनदेखि अवरोध गरिराखेका छन् । रासस

About indreni Newsdesk