photo tol 2

हरेक वडामा योगाहल निर्माण गरिदै

दाङ, २४ चैत । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाका सबै वडाहरुमा योगाहल निर्माण गर्ने बताएका छन् ।

photo tol 2उपमहानगरलाई स्मार्ट शरह बनाउने धेयका साथ काम भइरहेको उल्लेख गर्दै उनले स्मार्ट शहरका नागरिक पनि स्मार्ट र स्वस्थ हुन जरुरी रहेकाले यस्तो अवधारणा अघि सारेको बताए ।

उपमहानगरपालिका वडा नं. ६ मोतीनगर टोल विकास संस्थाले जग्गादाता रेशम लामिछाने र उनकी धर्मपत्नी गीतादेवी लामिछानेलाई सम्मान गर्न आयोजित कार्यक्रममा नगर प्रमुख पाण्डेले जीवन शैलीमा परिवर्तन गर्न सके स्वस्थ बन्ने बताए ।

About indreni Newsdesk