Ghorahi-ciment_dang-1024x576

घोराही सिमेन्ट उद्योग प्रभावित सघर्ष समिति गठन

घोराही, २३ चैत । घोराही सिमेन्ट उधोग प्रभावितहरुको सर्बदलिय सर्वपक्षिय भेला सम्पन्न भएको छ । भेलाले राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य मोहन रिजाल सयोजकत्वमा ७ सदस्यीय सर्बदलिय सर्वपक्षिय संघर्ष समितिी गठन गरेको छ ।

ghorahi-ciment_dangसमितिमा स्थानीय रुपमा क्रियाशील राजनीतिक दल र त्यहाँ पहिलेदेखि क्रियाशील रहेको सरोकार समिति सदस्य रहेका छ्न । कार्यक्रममा नेकपा कार्यदल सदस्य शिवकुमार आचार्य , सुबास पुन, नेपाली काङ्ग्रेस जिल्ला सहसचिब खिमा अघिकारी, छेत्रीय सभापति गिरिराज सुवेदी राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य बोलेका थिए ।

त्यस्तै देजमोका नरेन्द्र बन्जाडे राप्रपाका ईश्वरी घिमिरे सामाजिक लोकतान्त्रिकका दिलबहादुर घर्ती सिमेन्ट उधोग प्रभावित छेत्र वातावरण संरक्षण तथा सरोकार समितिका सयोजक भरत देबकोटा, सदस्य डा. गोबिन्द आचार्य सुनपुर सामुदायिक बनका अध्यक्ष गोबर्धन थापा स्थानीय शिक्षक तारा आचार्यले आफ्ना विचार राखेका थिए ।

About indreni Newsdesk