school

बौद्धिक अपाङ्गका लागि विषेश स्कूल दाङमा

दाङ, २३ चैत । ५ नम्बर प्रदेश स्तरीय बौद्धिक अपाङगका लागि विषेश स्कूल दाङमा बन्ने भएको छ ।

school

photo file

घोराही उप–महानगरपालिका वडा नं.१४ का रहेको प्रावि बालमन्दिरलाई पाँच नं. प्रदेशकै बौद्धिक अपाङका लागि अध्ययन गर्ने विषेश स्कूलका रुपमा स्थापना हुने भएको शिक्षा मन्त्रीका गिरिराजमणी पोखरेलका सल्लाहकार जीवन गौतमले जानकारी दिए ।

प्रदेशमै बौद्धिक अपाङ भएका बाल–बालिकाको अध्ययनका लागि बिद्यालय नभएका कारण घोराहीमा आवासीय सहितको विद्यालय स्थापना हुन लागेको उनले जानकारी दिए । त्यसका लागि सम्पुर्ण काम पुरा भएको उनले बताए ।

प्रदेशमै नमुना स्कुलका रुपमा बाल–मन्दिरको विकास गर्न मन्न्त्रालयले खोजेको उल्लेख गरे । यस्तै घोराही उप–महानगरपालिका वडा नं.१४ का अध्यक्ष शक्तिराम डाँगीले विषेश स्कुलले दाङको शिक्षा क्षेत्रको विकासका लागि भुमिका खेल्ने वताए ।

About indreni Newsdesk