narulala

सरकारी शिक्षकलाई नीजि विद्यालयमा पढाउन रोक

इन्द्रेणी संवाददाता
दाङ, १८ चैत । दाङको घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरुले नीजि विद्यालय तथा ट्युसन सेन्टरहरुमा कोचिङ कक्षाहरुमा पठनपाठन गर्न पाउने छैनन् ।

narulalaविद्यालय समयमा विद्यालय वाहिर गएर कुनै पनि नीजि विद्यालय तथा कोचिङ कलासहरुमा कक्षा लिन नपाउने भएको हुन् । सामुदायिक विद्यालयहरुका शिक्षकहरुले विद्यालय समयमा अनेत्रै गएर नीजि विद्यालयहरुमा पढाउने र विभिन्न ट्युसन सेन्टरहरुमा कोचिङ कक्षाहरु सञ्चालन गर्दै आएको जनगुनासो आएपछि यस्तो निर्णय गर्नुपरेको घोराही उपमहानगरपालिकाका शिक्षा शाखा संयोजक एवं प्रवक्ता भरत अर्यालले बताए ।

उनका अनुसार उपमहानगरपालिकाको आइतवार सम्पन्न ५२ औं बैठकबाट यस्तो कार्य बन्द गर्ने निर्णय गरिएको हो । केन्द्र प्रदेश र स्थानीय तहमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउनका लागि यो निर्णय गर्नुपरेको र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उपमहानगरपालिकाले जनाएको छ । यो निर्णय सँगै अब सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयमा १० बजे अनिवार्य उपस्थित हुनुपर्ने र ४ बजेसम्म विद्यालयमै रहनुपर्ने छ ।

अहिले यहाँका अधिकांश सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालयका प्रधानाध्यापकसँग समन्वय नै नगरी विद्यालय समयभित्र विभिन्न नीजि विद्यालय कक्षा लिनाका साथै ट्युसन सेन्टरहरुमा कोचिङ कलासहरु लिदै आएका छन् ।

बैठकले चैत्र २१ गते गर्ने भनिएको नगरको सार्वजनिक सुनुवाई आगामी बैशाख ५ गते गर्ने निर्णय भएको छ । साथै घोराही उपमहानगरपालिका १६ को सार्वजनिक जग्गालाई गौशाला बनाउन वडा नम्बर १३, १४, १५ का अध्यक्ष र १६ का कार्यवाहक अध्यक्षहरुलाई अध्ययन गर्न जिम्मेवारी दिने निर्णय भएको प्रबक्ता अर्यालले जानकारी दिए ।

About indreni Newsdesk