3

सांसद चौधरी एसईई परीक्षा हलमा (फोटो फिचर)

इन्द्रेणी संवाददाता
दाङ, १० चैत । संघीय सरकारकी सांसद एवं नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी यसपटकको एसईई परीक्षामा सहभागी छन् । गृहजिल्ला दाङबाटै उनले एसईई  दिदैछन् ।

7आजदेखि शुरु भएको एसईई परीक्षामा उनी तुलसीपुरस्थित सेन्टर मावि तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षामा सहभागी छन् ।
लामो समय कम्लरी जीवन विताएकी चौधरी राजनीतिकमा छिरेकी थिइन ।

6यसअघि पनि संविधान सभामा सभासद समेत भइसकेकी चौधरी औचिारक शिक्षा हासिलका लागि २०७३ सालमा घोराही ४ डाँडागाउँ माविबाट कक्षा ८ मा प्रवेश गरेकी थिइन् ।

1तुलसीपुरस्थित सेन्टर मावि तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षाको कोठा नम्बर ११ मा प्रवेश गर्दा उनी निकै खुशी देखिन्थिन । सांसद चौधरीको परीक्षा नम्बर ०५८८४५३ ग् रहेको छ ।

3उता सांसद चौधरीकी १७ वर्षिया छोरी विनुले पनि यसैवर्ष एसईई दिदैछन् । विनुले बाल विद्यालय काठमाडौंबाट एसईई दिँदैछिन् ।

2

फोटो  :सन्तोष दहित

About indreni Newsdesk