slc-students1

आजदेखि एसईई परीक्षा शुरु

काठमाडौँ, १० चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आज आइतबारबाट सुरु हुँदैछ । परीक्षामा कुल ४ लाख ७५ हजार ३ परीक्षार्थीले परीक्षा दिदैछन् ।

slc-students1गत २०७४ सालमा ४ लाख ६३ हजार ७ सय परीक्षार्थी सम्मिलित भएकोमा यस वर्ष ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

नियमिततर्फ ४ लाख ५० हजार १८६ परीक्षार्थी सहभागी हुँदैछन् जसका लागि देशभरि एक हजार ९६९ परीक्षा केन्द्र कायम गरिएको छ ।
यसपटकबाट सातवटै प्रदेशमा साधारणतर्फका अनिवार्य छवटा विषयको छुट्टछुट्टै प्रश्नपत्र तयार गरिएको छ ।

संस्कृत र प्राविधिकतर्फका परीक्षार्थीका लागि भने एउटै प्रश्नपत्र हुनेछ । परीक्षामा ७२ हजार ६७१ जनशक्ति परिचालन हुनेछन् । तीमध्ये सुरक्षाकर्मीमात्र २९ हजार ५३५ छन् ।

दाङमा भने यसबर्ष ११ हजार ५ सय ४८ विद्यार्थी एसइई परिक्षामा सहभागी हुदैछन् । जसका लागि ३८ सामुदायिक र ६ निजी विद्यालय गरी ४४ परीक्षा केन्द्र तोकिएको छ । परीक्षा विहान ८ बजेदेखि शुरु भएको छ ।

About indreni Newsdesk