durghatana-1

सवारी दुर्घटनामा परि एक जनाको मृत्यु

दाङ । सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको नम्बर नखुलेको  बोलेरो गाडीले बिपरित दिशाबाट आइरहेको बा ९७ प ८५६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ नद्रागाउँमा आज बिहानै  भएको हो । प्रहरीका अनुसार ठक्कर दिने बोलेरलाई चालकले भगाएका छन् । मृतकको पहिचान हुनसकेको छैन ।

About Kesharman Bc