Janga Roka

वडा सदस्य रोकाले भने – ‘न मैले कसैलाई कुटे , न फरार छु’

इन्द्रेणी संवाददाता

घोराही उपमहानगरपालिका वडा नम्बर १९ का वडा सदस्य जंगबहादुर रोकाले आफुले कसैलाई कुटपिट पनि नगरेको र आफु फरार पनि नरहेको बताएकाछन् ।

आफुले नियमित झैँ वडा कार्यालयमा रहेर वडाको काम गरिरहेका बेला एक्कासी कुटपिट गरेर फरार रहेको समाचार सामाजिक संजालमा हेर्दा आफु आश्चर्यचकित परेको सदस्य रोकाले बताए । इन्द्रेणी अनलाइन संगको टेलिफोन सम्बादमा वडा सदस्य जंग रोकाले आफू कुनै कुटपिटका घटनामा संलग्न नभएको बताए ।

वडा नम्बर १८ का केही युवाहरुले मसिनाको बिलौनाबजारस्थित पसलमा तोडफोड गरेको र विवाद भएको भन्ने जानकारी पाएपछि आफू वडा प्रहरी कार्यालयका प्रहरीसँग घटनास्थल पुगेको बताउनुभएको छ ।

साथै उनले पीडितले संलग्नता नरहेको बताउँदा बताउँदै राजनीतिक पूर्वाग्रहका कारण आरोप लगाइएको पनि स्पष्ट गरेकाछन् । आफू वडा कार्यालयमै काममा रहेको जानकारी दिंदै उनले हल्ला गरिएजस्तो कतै फरार नभएको पनि उनले बएका  छन ।

About Kesharman Bc