20190320_083432

प्रचण्ड विरुद्ध मुद्दा  हाल्ने नै अमेरिकामा पक्राउ पर्ने

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका गएको माैका छाेपेर उनी विरूद्व मुद्दा दर्ता गराउने तिलक श्रेष्ठ नै पक्राउ पर्ने भएका छन् ।

अमेरिकी कानुन अनुसार गलत अाशय र नियत राखेर कसैले कसैका विरूद्व मुद्वा दर्ता गरायाे भने मुद्वा दिनेलाई नै कानुन बमोजिम पक्राउ गरि कार्वाही गर्ने व्यवस्था छ । प्रचण्डलाई अनुसन्धान नै गर्नु नपर्ने सूचीमा राखी नाे इन्भेष्टिगेशन सर्कुलर जारी गरेकाे सरकारले उनी विरूद्व उजुरी गर्नेकाे नियतलाई गम्भीरतापूर्वक लिएकाे त्यहाँका अधिकारीले बताएका छन् ।

अमेरिकामा रहेका नेपाली पत्रकार किशाेर पन्थी लेख्छन :
एफबीआईकै सेक्युरिटी क्लियरेन्सपछि भिसा प्राप्त गरेर अमेरिका आएका प्रचण्डबिरुद्ध एफबीआईमा उजुरी हालेको भन्दै बकबास गर्नुको कुनै अर्थ छैन ।

अमेरिकामा कसैले संघीय कानुनको उल्लंघन गरेको आशंका लागेमा, आतंककारी वा आपराधिक गतिविधि गरेको आशंका लागेमा जोकोही सर्वसाधारणले पनि एफबीआईमा अनलाइन वा पत्रमार्फत टिप्स दिन सक्छन् । तर गलत नियतवश कसैको बिरुद्ध उजुरी दिदा युएस कोड सेक्सन १००१ को टाइटल १८ अनुसार उजुरी दिने व्यक्तिलाई नै जेल, जरिवाना वा दुबै सजाय हुनसक्छ । मुलखबरबाट

About Kesharman Bc