IMG_8027

दाङको विकासमा कहिल्यै वेवास्ता गर्दिन : महरा

तुलसीपुर, ३ चैत । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले सभामुख कृष्णवहादुर महरालाई तुलसीपुर क्षेत्रका केन्द्रीय योजनाहरु बुझाएका छन् । नगरप्रमुख पाण्डेले आगामी आर्थिक वर्षको वजेटमा योजनाहरु समावेश गर्नका लागि आग्रह स्वरुप योजनाहरु पेश गरेका हुन् ।

IMG_8027नगर प्रमुखको कार्यकक्षमा भएको भेटघाटमा सभामुख महराले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सबै सभासदहरुसँग छलफल गरेर महत्वपूर्ण योजनाहरुलाई वजेटमा समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । “यहाँले प्रस्तुत गर्नुभएका योजनाहरुप्रति म आजदेखि नै पहल गर्नेछु” सभामुख महराले भने । उनले मदन भण्डारी राजमार्गको सवालमा केन्द्रमा निर्णय नभएको वताउँदै जुन ठाउँमा राजमार्ग भएपनि अर्को ठाउँलाई वेवास्ता नगरिने वताए ।

“दाङलाई राजमार्गले छोए रोल्पामा नयाँ राजमार्गको विकल्प निकाल्ने र रोल्पामा नयाँ राजमार्गले छोए दाङमा नयाँ राजमार्गको विकल्प निकालिने छ ” महराले भने । उनले विमानस्थलको धावनमार्ग विस्तारका साथै इन्धन डिपोका लागि समेत पहल गर्ने वताए । “सामान्य कारणले इन्धन डिपो आउन सकेको छैन तत्काल त्यसको स्थापना हुनेछ ” महराले आस्वस्त पारे ।

About indreni Newsdesk