IMG_7371

नदिजन्य पदार्थ कार्यविधि संसोधन गर्न माग

तिर्थराज ज्ञवाली
देउखुरी, २८ फागुन । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ अठारौ कार्यपालिका बैठक सोमवार सम्पन्न भएको छ ।

IMG_7371राप्ती गाउँपालिका गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकले ७ एजेन्डाहरुमा ब्यापक रुपमा छलफल गरी सर्बसम्मत रुपमा निर्णय गरिएको राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले बताए ।

बैठकल स्थानीय उपभोक्ताका लागि सरल र सहज तवरले नदिजन्य पदार्थ प्राप्तीका लागि उद्योग तथा वन वातावरण मन्त्रालय प्रदेश नं ५ मा कार्यविधि संसोधन गर्न माग गर्ने र डेलीकेशन जाने निर्णय गरिएको राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले बताए ।

बैठकले राप्ती गाउँपालिकाको क्षेत्रमा आई ई ई गरेको क्षेत्रवाट नदिजन्य पदार्थ निकासीकालागि वडा कार्यालयबाट अनुगमन तिब्र गराउदै नागरिकलाई प्रचलीत कानुन प्रक्रिया पुराई नदिजन्य पदार्थ उपलब्ध गराउने निर्णय गरिएको र राप्ती गाउँपालिकाका स्थानिय उपभोक्ताका लागि सरल र सहज तवरले नदिजन्य पदार्थ प्राप्तीका लागि उद्योग तथा वन वातावरण मन्त्रालय प्रदेश नं ५ मा कार्यविधि संसोधन गर्न माग गर्ने र डेलीकेशन जाने निर्णय गरिएको प्रबक्ता विद्याशरण चौधरीले बताए ।

About indreni Newsdesk