rajapa

राजपाले लियो सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, २३ फागुन । टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ ।

rajapaराजपा नेपालका अध्यक्ष मण्डलको बुधबार बसेको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

राजपाका तर्फबाट सांसद बनेका रेशम चौधरीलाई अदालतले बुधबार जन्मकैदको फैसला सुनाएसँगै पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले बताए ।

About indreni Newsdesk