schh

ज्ञानज्योति एजुकेशनल एकेडेमीमा खेल सप्ताह शुरु

इन्द्रेणी संवाददाता
दाङ, ५ फागुन । घोराही उपमहानगरपालिका वडा नं. १३ डुम्मरगाउँस्थित ज्ञानज्योति एजुकेशनल एकेडेमी बोडिङ स्कुलमा आज आइतवारदेखि खेल सप्ताह शुरु भएको छ । स्कूलको आठौं वार्षिकोत्सवको आवसरमा शुरु भएको खेल सप्ताह फागुन ११ गतेसम्म चल्ने स्कूलका प्रिन्सिपल विरेन्द्र चन्दले बताए ।

wwwwखेल सप्ताहको उद्घाटन घोराही उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष रविलाल घर्ती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाप्रसाद गिरी, खेलसप्ताह संयोजक एवं स्कूलका भाइस प्रिन्सिपल लक्ष्मीप्रसाद वुढा र ओमबहादुर घर्ती मगरले सिट्टी बजाएर सयुक्त रुपमा गरे । सप्ताहको पहिलो दिन विद्यालयले सो क्षेत्रमा ¥यालीको आयोजना ग¥यो ।

schh‘खेल स्वास्थ्यका लागि, स्वास्थ्य शिक्षाका लागि’ भन्ने मूल नाराका साथ शुरु भएको सप्ताहव्यापी खेलअन्तर्गत सात दिनसम्म विभिन्न खेल, रक्तदान कार्यक्रम, अभिभावकबीच खेलकुद, पुरस्कार तथा सम्मानलगायतका कार्यक्रम हुने प्रिन्सिपल चन्दले जानकारी दिए । वार्षिकोत्सवको अन्तिम दिन अर्थात फागुन ११ गते प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले खेलकुदको समापन गर्ने छन् ।

About indreni Newsdesk