deve

घोराही खानेपानीमा प्रजातान्त्रिक प्यानल विजयी

इन्द्रेणी संवाददाता
दाङ । घोराही उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा देवीबहादुर डिसी नेतृत्वको प्रजातान्त्रिक प्यान विजयी भएको छ । अध्यक्ष पदमा डिसीको यो छैठौं कार्यकाल हो ।

deveअध्यक्षमा देवीबहादुर डिसीले १ हजार ९ सय ९६ मल ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी प्रगतिशील प्यानलका गणेशप्रसाद श्रेष्ठले ९ सय ७६ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्षमा भरतमणि पाण्डे १ हजार ७ सय ७१, सचिवमा सुमन शर्मा १ हजार ७ सय २५, कोषाध्यक्षमा धुर्व केसी १ हजार ९ सय ७ मत ल्याएर विजय भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यमा धर्मेन्द्र श्रेष्ठ, नारायण भण्डारी, महिला सदस्यमा खुमा खडका, यशोदादेवी पाण्डे, र लक्ष्मीसिंह ठकुरी विजयी भएका छन् । संस्थाको नयाँ कार्यसमितिका लागि शनिवार मतदान भएको थियो भने मत परिमाण आइतवार मात्रै आएको हो ।

About indreni Newsdesk