uttar 2

घाइते सांसद वलीलाई भेट्न सभामुख महरा पुगे अस्पताल

काठमाडौं, २६ माघ । सभामुख कृष्णबहादुर महराले सवारी दुर्घटनामा परी घाइते हुनुभएका ५ नं. प्रदेश सभा सदस्य उत्तर कुमार वलीको स्वास्थ्य अवस्था बुझेका छन् ।

uttar 2सभामुख महराले शनिबार बिहान मेडिसिटी हस्टिपल पुगी प्रदेश सांसद वलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।
घाइते सांसद उपचारमा संलग्न डाक्टरहरुले सांसद वलीलाई धेरै चोट लागेको भए पनि खतरामुक्त रहेको र आइसियूमा राखेर उपचार भइरहेको सभामुख महरालाई जानकारी गराएका थिए ।

भेटमा सभामुख महराले सांसद वलीको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई आग्रह गर्नुभयो । साथै परिवार र आफन्तहरुलाई नआत्तिन आग्रहगरेका थिए ।

About indreni Newsdesk