qqq

शहिद उमेशचन्द्र थापाको सम्झानामा दिप प्रज्ज्वलन

इन्द्रेणी संवाददाता
दाङ, २६ माघ । लोकतान्त्रिक गणतन्त्रका प्रथम शहिद उमेशचन्द्र थापाको सम्झनामा आज शनिवार साँझ घोराहीको शहिद गेटमा दिप प्रज्ज्वलन गरिएको छ ।

qqqदिप प्रज्ज्वलन कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले शहिद उमेशचन्द्र थापाको योगदान सम्मान गर्नुपर्ने भन्दै श्रद्धाञ्जली मन्तव्य राखे ।

51390288_2205730569755531_2250692747209998336_nकार्यक्रम शहिद उमेशचन्द्र थापा स्मृति प्रतिष्ठानका अध्यक्ष विकिरण गौतमको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजीकरण सुरामणि वेलवासेले गरेका थिए ।

51617017_2209629435964658_2405314267105460224_n राजा ज्ञनेन्द्रले आफ्नो निरंकुश शासन टिकाइराख्न २०६२ साल माघ २६ गते गरिएको कथित नगर निर्वाचनलाई असफल पार्नका लागि सडकमा उत्रिएको वेला नेपाली सेनाले चलाएको गोली लागी थापाको ज्यान गएको थियो । प्रतिष्ठानले १३ औं स्मृतिमा माघ २८ गते घोराहीमा बृहत अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरिएको छ ।

About indreni Newsdesk